स्थानीय निर्वाचन : लोकप्रिय उम्मेद्वारहरूको रोष्टर तयार गर्न माओवादी केन्द्रको परिपत्र
nayapatrikadaily.com · Mon Feb 21 16:32:00 GMT 2022
नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा लोकप्रिय उम्मेदवारहरूको रोस्टर तयार गर्न परिपत्र जारी गरेको छ । अहिलेको मतदाता नामावलीको आधारमा पार्टीहरूको मत संख्या, तटस्थ मत, परिवर्तन हुन सक्ने मतको आकलन तथा विश्लेषणसहित पार्टीले विजय हासिल गर्न अवलम्बन गर्नुपर्ने रणनीतिहरू तयार गर्न माओवादीले परिपत्रमा भनेको छ ।
केन्द्रीय समितिको बैठकबाट विस्तृत योजना र कार्यक्रम नबन्दासम्मका लागि संगठनात्मक काम र स्थानीय तहको निर्वाचनको तयारीलाई प्रभावकारी बनाउन परिपत्र जारी गरेको माओवादीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)