संयुक्त आयरल्यान्डको पक्षमा ट्रम्प
onlinekhabar.com · Mon Sep 14 08:59:41 GMT 2026

२९ भदौ, दूनबेग (आयरल्यान्ड) (रासस/एएनआई)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरी आयरल्यान्ड र आयरल्यान्ड गणतन्त्रको एकीकरणको समर्थन दोहोर्याउँदै दुवै भूभाग एउटै राजनीतिक अस्तित्वमा रहनु स्वाभाविक हुने बताएका छन्। उनको अभिव्यक्तिले उत्तरी आयरल्यान्डको संवैधानिक भविष्यबारेको संवेदनशील बहसलाई पुनः तताएको छ।
दूनबेगस्थित आफ्नो गल्फ कोर्समा आइतबार आइरिस ओपनमा सहभागी हुने क्रममा उनले यस्तो धारणा व्यक्त गर्नुभएको हो । यसअघि शनिबार पनि उहाँले आयरल्यान्डको एकीकरणको सम्भावनालाई ‘उत्कृष्ट’ बताएका थिए। आयरल्यान्डका प्रधानमन्त्री मिचेल मार्टिनले भने यस विषयमा शान्त र संयमित दृष्टिकोण अपनाउन आग्रह गरेका छन्। राष्ट्रपति ट्रम्पले आफ्नो धारणा व्यक्तिगत राय भएको र त्यसलाई व्यापक समर्थन प्राप्त भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)