मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पार्टी सचिवालयमा ओलीको ब्रिफिङ : सरकार र एमालेमाथि चौतर्फी आक्रमण हुन थाल्यो

ekantipur.com · Fri Aug 30 00:03:10 UTC 2024

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र एमालेमाथि चौतर्फी आक्रमणको प्रयास भइरहेको उल्लेख गर्दै त्यसलाई प्रतिवाद गर्नुपर्ने अवस्था आएको ‘ब्रिफिङ’ पार्टी सचिवालयमा गरेका छन् । आफ्नो नेतृत्वमा सरकार बनेको छोटो समयमै ‘विभिन्न अराजकतावादी तत्त्व’ ले सरकार र पार्टी नेतृत्वको चरित्रहत्या गर्न थालेको जनाउँदै उनले सतर्कता अपनाउन सचिवालय सदस्यहरूलाई आग्रह पनि गरेका छन् ।

एमाले केन्द्रीय कार्यालय च्याँसल, ललितपुरमा बिहीबार बसेको सचिवालय बैठकमा ओलीले मुलुकमा अराजकता सृजना गरेर फाइदा लिन केही राजनीतिक दल र अराजकतावादी शक्ति सक्रिय रहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)