डिजिटल बैंक स्थापना गर्न कानुन संशोधन हुँदै : दुई साताभित्र कार्ययोजना ल्याउने निर्णय
nayapatrikadaily.com · Fri Sep 22 00:39:00 GMT 2023
डिजिटल बैंक स्थापनासम्बन्धी कानुन संशोधन हुने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतको अध्यक्षतामा बसेको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको छ । बैठकले नेपाल राष्ट्र बैंक ऐन, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन र नेपाल धितोपत्र बोर्डसम्बन्धी ऐनहरू संशोधन गर्ने पनि निर्णय गरेको छ । डिजिटल बैंक स्थापना गर्ने सम्बन्धमा विद्यमान कानुनी व्यवस्थाको पुनरावलोकन गर्ने भएको हो ।
बैठकका निर्णयहरू कार्यान्वयनका लागि कार्ययोजना तयार पार्न समितिले सम्बन्धित निकायलाई दुई साताको समय दिएको छ । बैठकमा वित्तीय क्षेत्रको विद्यमान समग्र अवस्थाको समीक्षा गरिएको अर्थ मन्त्रालयद्वारा जारी एक प्रेस विज्ञप्तिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)