मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाइलट बन्न छाडेर पर्यटन क्षेत्रमा जमेका ‘सङ्घर्ष’

barnanmedia.com · Tue Feb 11 23:22:07 GMT 2025

काठमाडौँ, ३० माघ : सङ्घर्ष विष्ट तीस वर्ष अघि पाइलट बन्नका लागि पढाइ गर्न अमेरिका पुग्नुभयो । पाइलट बनेर देशको सेवा गर्ने उहाँको सपना थियो । तर, परिस्थितिले उहाँलाई पाइलट बन्ने भन्दा पनि अन्य क्षेत्रमा लागेर देशको सेवागर्ने अवस्थामा ल्यायो ।

पाइलट बन्ने सपना थाती राखेर विष्ट नेपाल फर्किनुभयो । अभिभावक (बुबा–आमा) को चाहना अनुसार विष्टले पाइलटको सपना छाडेर नेपालमा पुख्र्यौली पेसा (पर्यटन व्यवसाय) सम्हाल्नुभयो । उहाँ आज नेपालमा पर्यटन व्यवसायमा जम्नुभएको छ । सङ्घर्ष सफल पर्यटन व्यवसायीको रुपमा चिनिनुहुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)