मौलाउँदै सम्पत्ति शुद्धीकरण
rajdhanidaily.com · Wed Dec 21 23:17:15 GMT 2022
नेपालमा शंकास्पद आर्थिक कारोबार तीव्र गतिमा बढेको विभिन्न अध्ययनले देखाएका छन् । नेपाल राष्ट्र बैंकअनुसार आर्थिक वर्ष २०७८÷७९ मा अघिल्लो वर्षको तुलनामा शंकास्पद कारोबार ८१.३४ प्रतिशतले बढेको देखिन्छ । नेपालमा अहिले सम्पत्ति शुद्धीकरण निवारणका लागि भएका प्रयास’bout अन्तराष्ट्रिय निकाय वित्तीय कारबाही कार्यदलको एसिया प्रशान्त क्षेत्र हेर्ने एसिया प्यासेफिक गु्रपले मूल्यांकन गरिरहेको छ । यसरी शंकास्पद कारोबार बढ्नु विद्यमान सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐननियम तथा नीति एवं रणनीति अपर्याप्त वा निष्प्रभावी भएको वास्तविकता उजागर गरेको छ । मैलाउँदै गएको छ सम्पत्ति शुद्धीकरणका गतिविधि ।
सम्पत्ति शुद्घीकरण आर्थिक अपराधमध्ये गम्भीर एक हो । सामान्यतया मौद्रिक लाभ लिने उद्देश्यले गरिने अनियमित र अनैतिक प्रकारका सबै हरकदलाई आर्थिक अपराध भनिन्छ । यसले वित्तीय कानुनी राज्यको अवधारणालाई क्षयीकरण गर्छ । सम्पत्ति शुद्धीकरण गर्ने कार्यले विश्वलाई नै गाँजिरहेको छ । सरकार, राज्य व्यवस्था र वित्तीय प्रणालीप्रति नै यस अवधारणाले वितृष्णा पैदा गर्छ । विशेषतः सम्पत्ति शुद्घीकरणले विदेशी विनिमयदर र ब्याजदरलाई विकृत बनाउँछ । ब्याजदर विकृत भएपछि देशमा बचत, लगानी र उत्पादनका सम्भावनामा प्रत्यक्ष प्रभाव पार्छ । स्मरणीय छ सम्पत्ति शुद्घीकरणकर्ता पुँजीको सीमान्त उत्पादकत्व र ब्याजदरको सन्तुलित बिन्दु खोज्दैन बरु उसको अवैध आर्जनलाई जसरी भए पनि वैध बनाउने प्रयास गर्छ । यसले गर्दा सच्चा र इमानदार लगानीकर्ता हतोत्साही हुन पुग्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)