सेयर बजार घट्दा पनि फाइनान्स समूह चम्कियो
kalakarmi.com · Mon Jun 22 10:04:38 GMT 2026

काठमाडौं- साताको दोस्रो कारोबार दिन सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य १.४६ अंकले घटेर २७०० विन्दुमा कायम भएको छ । अघिल्लो कारोबार दिन शुक्रवार १.६३ अंकले बढेको बजार सोमवार भने सामान्य दवावमा देखिएको हो ।
यस दिन कारोबार रकम पनि केही घटेको छ । शुक्रवार ४ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ४ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको छ। कारोबारमा सहभागी कम्पनीहरूमध्ये ११६ कम्पनीको सेयर मूल्य बढ्दा १४३ कम्पनीको मूल्य घटेको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)