एनसेल र ट्रिप टर्बोबीच साझेदारी: बस, हवाई टिकट र साहसिक गतिविधिमा ८ हजारसम्म छुट
nepalpress.com · Mon Jun 22 10:08:24 GMT 2026

काठमाडौं । एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस र हवाई टिकट बुकिङ गर्दा तथा विभिन्न साहसिक गतिविधिहरूमा सहभागी हुँदा आकर्षक छुट र विशेष सुविधाहरू पाउने भएका छन्। एनसेल र ट्राभल प्लेटफर्म ‘ट्रिप टर्बो’ बीच भएको व्यावसायिक साझेदारीसँगै ग्राहकहरूले यस्तो लाभ लिन पाउने भएका हुन् ।
यस साझेदारी अनुसार ९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यको प्याक खरिद गर्ने एनसेलका हरेक ग्राहकले बस टिकट, आन्तरिक हवाई यात्रा र साहसिक खेलहरूमा आकर्षक छुट प्राप्त गर्नेछन्। ग्राहकहरूले विभिन्न मनोरञ्जनात्मक तथा साहसिक गतिविधिहरूमा ८ हजार रुपैयाँसम्मको ठुलो छुट पाउन सक्ने कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)