सोमबार नेप्से परिसूचक र कारोबार रकम दुबै घटे, दुई नयाँ कम्पनीको मूल्य १५ भने प्रतिशतले बढ्यो
nepalbahas.com · Mon Jun 22 10:03:31 GMT 2026

सुस्तायो बजार : नेप्से परिसूचक र कारोबार रकम दुबै घटे, दुई नयाँ कम्पनीको मूल्य १५ प्रतिशतले बढ्यो
८ असार, काठमाडौं । सोमबार शेयरबजार १.४६ अंक घटेको छ । धितोपत्र बोर्डमा अध्यक्ष आएपछि बजार बढ्ने अपेक्षा लगानीकर्ताको थियो । तर, नेप्सेमा सकारात्मक प्रभाव देखिएन ।
बोर्ड अध्यक्षमा डा.गोपाल भट्टलाई नियुक्त भएपछि सोमबार पहिलो कारोबार हो । तर नेप्से परिसूचक सोमबार १.४६ अंकले घट्यो । अघिल्लो कारोबार दिन शुक्रबार नेप्से १.६३ अंक बढेको थियो ।
कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ५३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४४ करोडको भयो । ११६ कम्पनीको मूल्य बढ्दा १४३ को घट्यो भने १४ को स्थिर रह्यो ।
आज फाइनान्स समूहमा आकर्षण देखियो । माइक्रोफाइनान्स ०.४२ प्रतिशत तथा व्यापार ०.९२ प्रतिशत बढे । बैंकिङ ०.१० अंक, विकास बैंक ०.०७, होटल तथा पर्यटन ०.१५, जलविद्युत् ०.२०, लगानी ०.०२, जीवन बीमा ०.४५, उत्पादन तथा प्रशोधन ०.०६, निर्जीवन बीमा ०.२१ र अन्य ०.२० प्रतिशत घटे ।
दुई नयाँ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । टक्सार पिखुवाखोला र याम्बलिङ हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढेको हो । यो वृद्धिपछि दुवै कम्पनीको मूल्य ३४५ रुपैयाँ पुगेको छ । सोपान फर्मास्युटिकल्सको ५.६६ तथा एपोलो हाइड्रोपावरको ५.२६ प्रतिशत मूल्य बढ्यो । आज फाइनान्स समूह उच्च दरले बढ्दा सो समूहमा रहेका कम्पनीमध्ये मञ्जुश्रीको मूल्य सबैभन्दा धेरै ४.७२ प्रतिशत बढ्यो ।
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य ३.०४ प्रतिशत तथा भुजुङ हाइड्रोपावरको ३.०४ प्रतिशत घट्यो । आज धेरै कारोबार भएकामा कम्पनीमा सोपान फर्मास्युटिकल्स, एनआरएन इन्फ्रास्ट्रक्चर, स्वाबलम्बन लघुवित्त, आँखुखोला जलविद्युत् र रिलायन्स स्पिनिङ मिल्स छन् ।
आज सर्वाधिक मूल्य घट्नेमा नेपाल बैंक डिबेन्चर रहेको छ । उक्त कम्पनीको मूल्य ३.८७ प्रतिशतले घटेर प्रति डिबेन्चर मूल्य एक हजार १०० रूपैयाँमा झरेको छ । यसैगरी, गार्डियन माइक्रोलाइफको मूल्य ३.०४ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार २४६ रूपैयाँमा सीमित भएको छ ।
सोमबार सोपान फर्मास्युटिकल्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको एक हजार १२० रूपैयाँमा ३७ करोड ४४ लाख रूपैयाँको कारोबार भएको छ । सर्वाधिक शेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा एनआरएन इन्फ्रास्टक्चर रहेको छ ।
उक्त कम्पनीको एक हजार ४६९ रूपैयाँमा ३० करोड ५१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक बढेको छ भने बाँकी १० समूहको परिसूचक घटेको छ ।
शेयरबजार
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार
लेखकबाट थप
सम्बन्धित पोस्ट
नेप्सेमा झिनो अंकको सुधार, आज ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७ को भयो सर्वाधिक कारोबार
असार ५, २०८३ शुक्रबार
सामान्य सुधारले २७०५ अंकमै थामियो नेप्से, कारोबारमा आएका १३ समूहमध्ये ५ वटाको परिसूचक बढ्यो
असार ३, २०८३ बुधबार
कारोबार रकमसँगै ६ अकं घट्यो नेप्से परिसूचक, सर्वाधिक मूल्य घट्नेमा सयपत्री हाइड्रोपावर
असार २, २०८३ मंगलबार
नेपालबहस ट्रेन्डिङ
शाहरुखको सहयोगले समयमै रिलिज हुन नसक्ने फिल्म बन्यो बक्स अफिस हिट
नेपालबहस संवाददाता
असार ६, २०८३ शनिबार
एनसेल-स्मार्ट टेलिकम प्रकरणः नागरिकता परिवर्तनदेखि विदेशी कम्पनीको जालसम्म, अर्बौं रुपैयाँको खेलमा कसले दियो संरक्षण ?
नेपालबहस संवाददाता
असार ७, २०८३ आइतबार
विश्वकै सबैभन्दा पातलो आईफोनको नयाँ संस्करण ल्याउँदै एप्पल
नेपालबहस संवाददाता
असार ६, २०८३ शनिबार
सूचना भेरिफाई नगरी कोशीका गृहमन्त्रीको घरमा गरिएको खानतलासीले विवादमा तानियो प्रहरी
नेपालबहस संवाददाता
असार ५, २०८३ शुक्रबार
Tweets by nepalbahas
लोकप्रिय
१
एनसेल-स्मार्ट टेलिकम प्रकरणः नागरिकता परिवर्तनदेखि विदेशी कम्पनीको जालसम्म, अर्बौं रुपैयाँको खेलमा कसले दियो संरक्षण ?
असार ७, २०८३ आइतबार
२
आमा नै वास्तवमा महान् गुरु हुनुहुँदो रहेछ
असार ८, २०८३ सोमबार
३
रास्वपा महाधिवेशन : स्टेजमा अतिथि र सांसदलाई गंगा सहकारीको मोही वितरण
असार ७, २०८३ आइतबार
छुटाउनुभयो कि?
प्रश्न सोमबारको थियो, जवाफ आयो आइतबार !
असार ८, २०८३ सोमबार
११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो
असार ८, २०८३ सोमबार
११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात
असार ८, २०८३ सोमबार
सुस्तायो बजार : नेप्से परिसूचक र कारोबार रकम दुबै घटे, दुई नयाँ कम्पनीको मूल्य १५ प्रतिशतले बढ्यो
असार ८, २०८३ सोमबार
मेस्सी र यामालबीच २० वर्षपछि दोहोरियो दुर्लभ संयोग, विश्वकपमा एउटै उमेर र जर्सी नम्बरमा पहिलो गोल
असार ८, २०८३ सोमबार
६ दिन ढिलो गरी प्रवेश गरेको मनसुन थप चार प्रदेशमा विस्तार
असार ८, २०८३ सोमबार
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
काठमाडौँ