मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गृहमन्त्री सुधन गुरुङविरुद्ध मद्दा दर्ता

bishowkhabar.com · Mon Jun 22 10:22:35 GMT 2026

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता भएको छ ।

हिरासत कक्षमै प्रवेश गरी मानसिक दबाब दिने, ज्यान मार्ने धम्की दिने तथा मानव अधिकारको गम्भीर उल्लंघन भएको आरोप लगाइएको छ ।

अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले आयोगमा उजुरी दर्ता गर्दै सोह्रखुट्टे प्रहरी वृत्तमा घटनाको तत्काल छानबिन गर्न माग गरेका छन् ।

साथै सीसीटीभी फुटेज, आगन्तुक अभिलेख र ड्युटी रजिस्टर सुरक्षित राख्न पनि आग्रह गरिएको छ ।

उजुरीमा पद र शक्तिको दुरुपयोग गरी हिरासतमा प्रवेश गरेर धम्की दिएको भन्दै गृहमन्त्री र उनको टोलीमाथि फौजदारी कारबाही र संलग्न प्रहरी कर्मचारीमाथि विभागीय कारबाहीको माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)