मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

स्मार्टफोन आयातमा उल्लेख्य वृद्धि, ११ महिनामा ४३ अर्ब बढी मुल्यका २० लाख ४१ हजार थान भित्रिए

nepalbahas.com · Mon Jun 22 10:04:57 GMT 2026

स्मार्टफोन आयातमा उल्लेख्य वृद्धि, ११ महिनामा ४३ अर्ब बढी मुल्यका २० लाख ४१ हजार थान भित्रिए

८ असार, काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालमा ४३ अर्ब ४५ करोड रूपैयाँभन्दा बढी मूल्यका स्मार्टफोन आयात भएका छन् ।

तथ्यांक अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ४३ अर्ब ४५ करोड ४७ लाख ६० हजार रुपैयाँ बराबरका २० लाख ४१ हजार १९९ थान स्मार्टफोन नेपाल भित्रिएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा ३२ अर्ब ८ करोड ७८ लाख रुपैयाँ बराबरका १९ लाख ७५ हजार ५१३ थान स्मार्टफोन आयात भएका थिए ।

तथ्यांकले मूल्यका आधारमा स्मार्टफोन आयातमा उल्लेख्य वृद्धि भएको देखाएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा स्मार्टफोन आयात करिब ३५ प्रतिशतले बढेको हो । जेठ महिनामा मात्रै ४ अर्ब ६ करोड ३४ लाख रुपैयाँ बराबरका १ लाख ७७ हजार ३३० थान स्मार्टफोन आयात भएका छन् ।

स्मार्टफोन आयातको प्रमुख स्रोत मुलुक चीन बनेको छ । विभागका अनुसार चीनबाट मात्रै ३२ अर्ब ८४ करोड ५० हजार रुपैयाँ बराबरका १७ लाख १० हजार ९१० थान स्मार्टफोन नेपाल भित्रिएका छन् ।

कुल आयातमध्ये ठूलो हिस्सा चिनियाँ उत्पादन तथा ब्रान्डका स्मार्टफोनले ओगटेका छन् । स्मार्टफोन आयातसँगै सरकारको राजस्व संकलन पनि बढेको छ । चालु आर्थिक वर्षको ११ महिनामा स्मार्टफोन आयातबाट ८ अर्ब १० करोड ५२ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा यस्तो राजस्व ५ अर्ब ९८ करोड २१ लाख २ हजार रुपैयाँ रहेको थियो । स्मार्टफोनको बढ्दो प्रयोग, नयाँ प्रविधिप्रतिको आकर्षण तथा पुराना उपकरण प्रतिस्थापन गर्ने क्रमले आयात वृद्धि भएको व्यवसायीहरू बताउँछन् । बजारमा नयाँ मोडलका स्मार्टफोनको माग बढ्दै जाँदा आगामी महिनाहरूमा पनि आयात उच्च रहने अनुमान गरिएको छ ।

भन्सार/राजस्व

Shares

नेपालबहस संवाददाता

नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार

लेखकबाट थप

सम्बन्धित पोस्ट

सवारी नियम उल्लंघन गर्नेको संख्या घटेन, ट्राफिक प्रहरीले एक दिनमै उठायो साढे १० लाख बढी राजस्व

असार ८, २०८३ सोमबार

ट्राफिक कारबाहीमा चार लाख ९४ हजार राजस्व संकलन

असार ७, २०८३ आइतबार

मधेस सरकारले ११ महिनामा उठायो ३० अर्ब १७ करोड राजस्व, घरजग्गा रजिस्ट्रेसन र सवारी कर मुख्य स्रोत

असार ६, २०८३ शनिबार

नेपालबहस ट्रेन्डिङ

शाहरुखको सहयोगले समयमै रिलिज हुन नसक्ने फिल्म बन्यो बक्स अफिस हिट

नेपालबहस संवाददाता

असार ६, २०८३ शनिबार

एनसेल-स्मार्ट टेलिकम प्रकरणः नागरिकता परिवर्तनदेखि विदेशी कम्पनीको जालसम्म, अर्बौं रुपैयाँको खेलमा कसले दियो संरक्षण ?

नेपालबहस संवाददाता

असार ७, २०८३ आइतबार

विश्वकै सबैभन्दा पातलो आईफोनको नयाँ संस्करण ल्याउँदै एप्पल

नेपालबहस संवाददाता

असार ६, २०८३ शनिबार

सूचना भेरिफाई नगरी कोशीका गृहमन्त्रीको घरमा गरिएको खानतलासीले विवादमा तानियो प्रहरी

नेपालबहस संवाददाता

असार ५, २०८३ शुक्रबार

Tweets by nepalbahas

लोकप्रिय

एनसेल-स्मार्ट टेलिकम प्रकरणः नागरिकता परिवर्तनदेखि विदेशी कम्पनीको जालसम्म, अर्बौं रुपैयाँको खेलमा कसले दियो संरक्षण ?

असार ७, २०८३ आइतबार

आमा नै वास्तवमा महान् गुरु हुनुहुँदो रहेछ

असार ८, २०८३ सोमबार

रास्वपा महाधिवेशन : स्टेजमा अतिथि र सांसदलाई गंगा सहकारीको मोही वितरण

असार ७, २०८३ आइतबार

छुटाउनुभयो कि?

प्रश्न सोमबारको थियो, जवाफ आयो आइतबार !

असार ८, २०८३ सोमबार

११ महिनामा नेपालको वैदेशिक व्यापार १४ प्रतिशतले बढ्यो, व्यापार घाटाले भने १६ खर्ब नाघ्यो

असार ८, २०८३ सोमबार

स्मार्टफोन आयातमा उल्लेख्य वृद्धि, ११ महिनामा ४३ अर्ब बढी मुल्यका २० लाख ४१ हजार थान भित्रिए

असार ८, २०८३ सोमबार

सुस्तायो बजार : नेप्से परिसूचक र कारोबार रकम दुबै घटे, दुई नयाँ कम्पनीको मूल्य १५ प्रतिशतले बढ्यो

असार ८, २०८३ सोमबार

मेस्सी र यामालबीच २० वर्षपछि दोहोरियो दुर्लभ संयोग, विश्वकपमा एउटै उमेर र जर्सी नम्बरमा पहिलो गोल

असार ८, २०८३ सोमबार

६ दिन ढिलो गरी प्रवेश गरेको मनसुन थप चार प्रदेशमा विस्तार

असार ८, २०८३ सोमबार

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)

सम्बन्धित विषय