राष्ट्रिय वाणिज्य बैंकबाट लुटिएको सुन प्रकरण : पीडितले अझै पाएनन् फिर्ता, बैंकले बदमासी गरेको आरोप
nepalpress.com · Mon Jun 22 10:26:11 GMT 2026

काठमाडौं । गएको चार दिनदेखि राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय अगाडी कालो ब्यानर टाँगेर एउटा समूह आन्दोलनमा छ । आन्दोलित समूह २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनमा बैंकबाट सुन लुटिएका पीडितकाे हाे ।
राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट धितो राखिएको सुन लुटिएको लामो समय बितिसक्दा समेत अझै पीडितहरूले आफ्नो सम्पत्ति फिर्ता पाएका छैनन् । जेनजी आन्दोलनकाक्रममा लुटिएको सुन फिर्ता नपाएपछि पीडित बैंकको केन्द्रीय कार्यालय अगाडी आन्दोलनमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)