मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोटेश्वर र जडिबुटीबाट यात्रु तानातान गर्ने र झोला खोस्ने १० जना पक्राउ

barnanmedia.com · Mon Jun 22 10:19:15 GMT 2026

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख तथा हैरानी दिएको आरोपमा १० जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले कोटेश्वर र जडिबुटी क्षेत्रमा सञ्चालित बस काउन्टरका कर्मचारी, चालक तथा सहचालकले यात्रुलाई अनावश्यक दुःख हैरानी दिएको आरोपमा आज १० जनालाई पक्राउ गरेको हो ।

HIGHLIGHTSयात्रु तानातान गर्ने र झोला खोस्ने जस्ता अमर्यादित कार्य गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाका ४० वर्षीय सूर्यबहादुर देवकोटा, दोलखाका ३२ वर्षीय प्रकाश शिवाकोटी, भक्तपुरका ५५ वर्षीय हरिभजन थापा, दोलखाका ३८ वर्षीय डिल्लीप्रसाद लामिछाने, सिन्धुपाल्चोकका २८ वर्षीय सुरेश तामाङ रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिएका छन् ।

त्यस्तै सिन्धुलीका २७ वर्षीय तिलककुमार थापा, दोलखाका २६ वर्षीय खड्कबहादुर तामाङ, सिन्धुलीका ३६ वर्षीय डोरकुमार श्रेष्ठ, ओखलढुङ्गाका ४५ वर्षीय नन्दलाल बुढाथोकी र सिन्धुपाल्चोकका ३६ वर्षीय राजेश सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यात्रु तानातान गर्ने र झोला खोस्ने जस्ता अमर्यादित कार्य गरिरहेकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिएका छन् । पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा थप कानुनी कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रवक्ता सुवेदीले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)