चीनद्वारा बच्चा जन्माउन प्राेत्साहित गर्दै, नयाँ नयाँ सुबिधाकाे घोषणा
rajdhanidaily.com · Mon Sep 14 09:36:23 GMT 2026

बेइजिङ । चीनको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)ले चिनियाँ परिवारहरूमा बच्चा जन्माउने र हुर्काउने क्रममा पर्ने आर्थिक भार कम गर्न तथा प्राथमिक स्वास्थ्य सेवाहरूलाई सुदृढ पार्ने उद्देश्यले नयाँ उपायहरूको घोषणा गरेको छ। घट्दो जन्मदर बढाउने देशको राष्ट्रिय प्रयासको एक हिस्साका रूपमा यी नीतिगत कदमहरू ल्याइएका हुन्।
सुलभ र उचित मूल्यको बाल हेरचाह सेवा १५औँ पञ्चवर्षीय योजना अवधिमा स्वास्थ्य सेवामा केन्द्रित रही राज्य परिषद्को सूचना कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एनएचसीका निर्देशक लेई हाइचाओले समुदाय र रोजगारदाताहरूलाई बाल हेरचाह सेवा केन्द्रहरू स्थापना गर्न प्रोत्साहन गरिने बताए। यस पहलले स्थानीय बासिन्दाहरूलाई नजिकै, सुविधाजनक र उचित मूल्यमा बाल हेरचाह सेवा प्राप्त गर्न सघाउने छ, जसबाट बच्चा जन्माउने, हुर्काउने र शिक्षासँग सम्बन्धित पारिवारिक खर्च प्रभावकारी रूपमा घट्ने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)