पुल नभएको ताक्सुगाड खोलामा मोटरसाइकल तार्ने क्रममा युवक बेपत्ता
kendrabindu.com · Mon Sep 14 09:35:24 GMT 2026

जाजरकोट । भेरी करिडोरअन्तर्गत जाजरकोटको ताक्सुगाड खोलामा मोटरसाइकल तार्ने क्रममा एक युवक बेपत्ता भएका छन्। नलगाड नगरपालिका–१० र ११ को बीचमा पर्ने खोलाले बारेकोट गाउँपालिका–४ गोठगाउँका २६ वर्षीय रमेश सुनारलाई बगाएको हो।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार सोमबार दिउँसो करिब १:१५ बजे सुनारले एउटा मोटरसाइकल खोला पार गराएपछि अर्को मोटरसाइकल तार्न फर्किएका थिए। सोही क्रममा बढेको पानीको बहावले उनलाई बगाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)