अन्तर्राष्ट्रिय जलविद्युत् सम्मेलन सुरु
nayapatrikadaily.com · Wed Nov 01 00:36:00 GMT 2023
‘दिगो विकासको आधार’ भन्ने नारासहित अन्तर्राष्ट्रिय जलविद्युत् सम्मेलन इन्डोनेसियामा सुरु भएको छ । इन्डोनेसियाको राजधानी बालीमा १४ कात्तिकदेखि १६ गतेसम्म आयोजना हुने सम्मेलनमा नेपालसहित विश्वभरका ऊर्जा उत्पादकहरूको सहभागिता रहेको छ ।
सम्मेलनमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानको प्रतिनिधित्व गर्दै इप्पान उपाध्यक्ष आनन्द चौधरी, सचिव कविता पोखरेल र व्यवस्थापक सुम्निमा उपाध्याय सहभागी छन् । त्यस्तै, इप्पानका सल्लाहकारद्वय भानु पोखरेल र सुशील पोखरेल पनि जलविद्युत् सम्मेलनमा सहभागी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)