हात्ती प्रभावित क्षेत्रमा कृषकको रोजाइ सुपारीखेती
ratopati.com · Mon Jun 22 10:32:17 GMT 2026

झापा । झापाको पूर्वउत्तर वनक्षेत्रसँग जोडिएका बस्तीमा जङ्गली हात्तीको समस्या नयाँ विषय होइन । बर्सेनि धान, मकै, गहुँ, तोरी, केरा, उखु र तरकारी बालीमा हात्तीले पुर्याउने क्षतिका कारण कृषक प्रभावित भएका छन् । तथापि, यही चुनौतीका बीच सुपारीखेती भने हात्ती प्रभावित क्षेत्रका कृषकका लागि भरपर्दो नगदेबालीका रूपमा स्थापित हुँदै गएको छ।
विशेष गरी बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिका र मेचीनगर नगरपालिकाका वनसँग जोडिएका बस्तीमा सुपारीखेती विस्तार हुँदै गएको छ। अन्य बालीको तुलनामा हात्तीबाट कम क्षति हुने, वर्षौँसम्म उत्पादन दिने, कम श्रममा राम्रो आम्दानी हुने तथा अन्तरबाली प्रणाली अपनाउन सकिने भएकाले कृषकको रोजाइ सुपारीतर्फ बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)