‘बोटमै थियो २५ लाखको सम्पत्ति, रातारात चोरले बनाए रित्तो: ओखलढुंगामा बुद्धचित्त लुटियो’
barnanmedia.com · Mon Jun 22 10:23:31 GMT 2026

ओखलढुंगाको (टोक्सेल) स्थित बिर्ता टोलमा गएराति बोटबाटै लाखौँ मूल्यको बुद्धचित्तको दाना चोरी भएको छ। स्थानीय अर्जुन गौतमले व्यावसायिक रूपमा खेती गरेको बोटबाट परिपक्व हुँदै गरेका बुद्धचित्तका दानाहरू गिरोहले रातारात लुटेको हो।
बजारमा अत्यधिक माग र उच्च मूल्य रहेको उक्त बुद्धचित्त खरिद गर्न व्यापारीहरूले केही समयअघि २५ लाख रुपैयाँ नगद प्रस्ताव गरेका थिए। तर, धनी गौतमले उचित मूल्य पर्खिएर बोटमै राखेका थिए। घरधनी गौतम काठमाडौं गएको मौका छोपेर चोरहरूले बोट नै रित्याएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
काठमाडौँ