प्रधानमन्त्री बालेन शाह अचानक किन पुगे सौराहा? मध्यरातको त्यो गोप्य भेटघाटको रहस्य के हो?
barnanmedia.com · Mon Jun 22 10:28:02 GMT 2026

सौराहामा प्रधानमन्त्री शाहले चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत रहेको हात्ती प्रजनन केन्द्रको अवलोकन गरेका छन्।अवलोकनका क्रममा उनले हात्ती संरक्षण, प्रजनन प्रक्रिया, व्यवस्थापन प्रणाली तथा पर्यापर्यटनसँग यसको सम्बन्धबारे विस्तृत जानकारी लिएको बताइएको छ।
परिवारसहित चितवन पुगेका प्रधानमन्त्री शाह सौराहाको प्राकृतिक सौन्दर्य, वन्यजन्तु तथा जैविक विविधताप्रति विशेष रुचि देखाउँदै हर्षित मुद्रामा देखिएका थिए।
स्थानीय पर्यटन व्यवसायीहरूका अनुसार उनले सौराहाको पर्यटकीय सम्भावना र संरक्षणसँग जोडिएको विकासबारे समेत चासो व्यक्त गरेका थिए। उनले सौराहाको वातावरण र वन्यजन्तु अवलोकन गर्दै “यहाँको प्रकृति निकै सुन्दर र संरक्षण योग्य रहेछ” भन्दै अनुभूति व्यक्त गरेको स्थानीय स्रोतले जनाएको छ।
यसैबिच प्रधानमन्त्री शाह कालिका नगरपालिका–शक्तिखोरस्थित होटल लटौली सेन्चुरीमा बसोबास गरिरहेका छन्।
चितवन भ्रमणलाई राजनीतिकभन्दा बढी पारिवारिक तथा पर्यटकीय रूपमा लिइएको छ। सौराहामा प्रधानमन्त्रीको उपस्थितिले पर्यटन क्षेत्रमा थप उत्साह र चहलपहल बढेको स्थानीय व्यवसायीहरूको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
बालेन शाह