दक्षिण कोरिया : पूर्वकानूनमन्त्रीलाई २५ वर्ष जेल सजाय
nepalnews.com · Mon Jun 22 10:36:09 GMT 2026

सियोल। दक्षिण कोरियामा पूर्वराष्ट्रपति युन सुक योलको विवादास्पद मार्सल ल घोषणासँग सम्बन्धित मुद्दामा अर्को उच्चस्तरीय फैसला आएको छ। सियोलको एक अदालतले पूर्वकानूनमन्त्री पार्क सुङ–जेलाई विद्रोहमा संलग्न रहेको ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाएको छ।
यो फैसला सियोल केन्द्रीय जिल्ला अदालतले सोमबार सुनाएको हो। राष्ट्रिय समाचार संस्था योन्हापका अनुसार अदालतले पार्कलाई युन प्रशासनले सन् २०२४ मा लागू गरेको मार्सल लसँग सम्बन्धित विद्रोही गतिविधिमा सहभागी भएको निष्कर्ष निकालेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)