मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मन्थली नगरपालिकाको बजेट १ अर्ब ३ करोड २० लाख

nepalviews.com · Mon Jun 22 10:40:03 GMT 2026

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ३ करोड २० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार आयोजित नगरसभामा उपप्रमुख ईश्वरी बस्नेतले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

उनका अनुसार आगामी आर्थिक वर्षमा आन्तरिक आम्दानी र सञ्चित कोषसमेत गरी करिब ९ करोड ७० लाख रुपैयाँ आन्तरिक स्रोत परिचालन हुने अनुमान गरिएको छ। बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्यम विकास तथा पूर्वाधारलाई प्राथमिकतामा राखेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)