राजनले जिते काँक्रेविहार हाफ म्याराथनको उपाधि
hamrakura.com · Mon Jun 22 00:00:00 GMT 2026
कर्णाली । ‘काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन’ प्रतियोगिताको उपाधि जुम्लाका राजन रोकायले जितेका छन् । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोग र मिड वेस्टर्न फिटनेस सेन्टर सुर्खेतद्वारा आज सुर्खेतमा आयोजित प्रतियोगितामा रोकाय निर्धारित २१ किलोमिटरको दूरी एक घण्टा नौ मिनेट ३१ सेकेण्डमा पूरा गर्दै पहिलो भएका हुन् ।
उक्त दौडमा कालिकोटका विनोद रोकाय दोस्रो भए । उनले उक्त दूरी एक घण्टा नौ मिनेट ३९ सेकेण्ड र तेस्रो भएका एपिएफका गोपीचन्द्र पार्कीले एक घण्टा १० मिनेट २८ सेकेण्डमा उक्त दूरी पार गरे । आयोजकका अनुसार पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु एक लाख ५० हजार, रु ७५ हजार र रु ५० हजार नगद प्रदान गरियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)