ईपीएल क्रिकेटमा आज एक खेल : काठमाण्डौ र पोखरा खेल्दै
Ujyaaloonline.com · Tue Sep 28 00:51:10 GMT 2021
काठमाण्डाै - एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज हुने एउटा मात्रै खेलमा काठमाण्डौ किङ्ग्स इलाभेन र पोखरा राइनोज खेल्दैछन् ।
खेल त्रिवि मैदान कीर्तिपुरमा दिउँसो सवा १२ बजे सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाण्डौले उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई हराएको थियो । विनोद भण्डारीको कप्तानीमा रहेको पोखराले पहिलो खेलमा भैरहवा ग्लाडीयटर्ससँग अङ्क बाँडेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)