मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

मनाङमा अस्पताल भवनको शिलान्यास

annapurnapost.com · Fri May 29 15:08:11 GMT 2026

काठमाडौं : मनाङमा अस्पताल भवनको शिलान्यास गरिएको छ। मनाङको नासोँ गाउँपालिका -५ मा अस्पताल भवन निर्माणका लागि आज काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप-प्रमुख डा. राकेश पाण्डे र नासोँ गाउँपालिकाका अध्यक्ष धन बहादुर गुरुङले संयुक्त रूपमा शिलान्यास गरेका छन्।

भारत सरकारको आर्थिक सहयोग करिब ५.६ करोड रुपैयाँमा यो अस्पताल भवन निर्माण हुन लागेको हो। यो उच्च प्रभाव सामुदायिक विकास परियोजना मनाङको नासोँ गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)