उपप्रधानमन्त्री महतोको विस्फोटक सुरुवात
nayapatrikadaily.com · Sat Jun 05 22:21:00 GMT 2021
पदभार ग्रहणपछि शुक्रबार राति दिएको विवादास्पद अभिव्यक्तिले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री राजेन्द्र महतो विवादमा तानिएका छन् । शीतलनिवासमा शपथ खाएर सिंहदरबारमा कार्यभार सम्हालेलगत्तै महतोले भनेका थिए, ‘बहुल राष्ट्रिय राज्य स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने पार्टीको एजेन्डा हो ।’
उपप्रधानमन्त्री महतोको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हितप्रतिकूल रहेको भन्दै राजनीतिक वृत्तमा विरोध भएको छ । सामाजिक सञ्जालमा उनको राजीनामासमेत माग भएको छ । एमालेको झलनाथ खनाल र माधव नेपाल समूहले उपप्रधानमन्त्री महतोको विवादित अभिव्यक्तिबारे प्रधानमन्त्री ओलीले स्पष्ट गर्नुपर्ने माग गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)