चियाको समस्या तत्काल समाधान गर्न आङ्देम्बेको आग्रह
gorkhapatraonline.com · Mon Jun 22 10:54:30 GMT 2026

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देशको अर्थतन्त्रमा मुुख्य भूमिका खेल्ने नेपाली चियाको तत्काल समस्या समाधान गर्न नेपाल सरकारलाई आग्रह गर्नुभएको छ ।
पछिल्लो समय नेपाली भारत बन्द भएपछि असार १ देखि एक सय बढी चिया उद्योगहरुनै बन्द अवस्थामा छन् । दैनिक रुपमा करोडौं मुुल्य बराबरको लाखौं किलो किसानको हरियो पत्ती नस्ट भइरहेको भन्दै नेता आङ्देम्बेले तत्काल यो समस्या सरकारले सुुल्झाउन लाग्नुु पर्ने बताउनुुभयो ।
इलाम नगरपालिकाको १८औँ अधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै आङ्देम्बेले चिया जस्तो अर्थतन्त्रको सम्वेदनशील विषयलाई यति लामो समय बेखबर बनाइनुु दुु’ खद रहेको बताउनुुभयो ।
चियाका विषयमा विपक्षी दलमा रहेपनि आफूूहरुले पटक–पटक संसदमा यो विषय उठाएको भन्दै आङ्देम्बेले भारत सँग समयमा कुुटनीतिक सम्वाद गर्न नसक्नुु सरकारको कमजोर पन भएको बताउनुुभयो ।
‘‘इलाम र यहाँको पहिचान तथा यहाँको अर्थतन्त्रका विषयमा सरकार जानकार नहुुनुु दुु:खद छ । यहाँको चिया र अलैंची ऐतिहासिक विषयलाई राज्यले छिमेकी सँग कुटनीतिक पहल गर्न नसक्दा यहाँका किसान, श्रमिक र नीजि क्षेत्रका उद्योगी निरास भएको हामी महशुस गरेका छौं ।’’
आङ्देम्बेले भन्नुुभयो, ‘‘सरकार उत्तरदायी बन्नुुपर्छ, त्यसमा हामीले सदनबाट सचेत गराइरेका छौं । सरकारले अझै सुुनेको महशुुस हामीले गर्न सकेका छैनौं ।’ ’
विरोधका लागि विरोध गर्न होइन परिणामका लागि साथ दिन आफूूहरु तयार रहेको भन्दै नेता आङदेम्बेले सरकारले गर्ने गलत तत्काल गर्नुपर्ने चियाको समस्या समाधानका लागि लाग्न आग्रह गर्नुभयो । नेता आङ्देम्बेले सत्ताधारी दलले भारी जनमतलाई दम्बका साथ नलिन साना, किसान सम्मका समस्यालाई हुर्नुपर्नेमा जोड दिनुुभयो ।
उहाँले भन्नुुभयो, ‘‘हिजो रास्वपाको महाधिवेशसनमा निम्ता दिइएका निम्तारुहरुले दिएको शुुभकामनालाई ओठे शैलीमा अपमान गरिएको महशुुस गरिएको छ । आङ्देम्बेले भन्नुुभयो ‘पहुना बोलाएर दम्ब देखाउनुु, गाली गर्नु हामी नेपालीको संस्कार होइन ।’’
नेता आङ्देम्बेले संसदमा पनि सत्ताधारी दलले विभिन्न हर्कत र दम्ब देखाउने गरेको भन्दै प्रतिपक्षी दलहरुलाई कमजोर ढंगले नलिन सचेत समेत गराउनुुभयो ।
उहाँले विपद्बाट थलिएको इलाम, यहँँको भूू–बनोट, यहाँको चिया, मेची राजमार्गको अवस्था यति दयनीय हुँदा पनि सरकारको ध्यान नजानुु यहाँका नागरिकको अपमान भएको धारणा राख्नुुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)