मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको फोन

barnanmedia.com · Mon Jun 22 10:51:06 GMT 2026

देशमा भएको चर्चित 'जेनजी (Gen-Z) आन्दोलन' को केही दिनपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को मोबाइलमा एउटा अप्रत्याशित र महत्त्वपूर्ण फोन संवाद भएको खुलासा भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मेयर शाहलाई सिधै फोन गरेर ब्याकस्टेज राजनीतिक दबाब र फाइलहरूबारे ब्रिफिङ गरेका हुन्।

बालेन शाह निकट उच्च स्रोतका अनुसार उक्त टेलिफोन संवादमा सामान्य शिष्टाचारका शब्दहरू समेत पूरा नहुँदै अख्तियार प्रमुख राईले विषयवस्तुमा प्रवेश गरेका थिए।

राईले मेयर शाहसँग भनेका थिए, “मेयरसाप, तपाईंलाई मुद्दा चलाउन मलाई मनै थिएन । तर, यस्ता फाइलहरू मकहाँ आइपुगेका छन्, मैले जोगाउन चाहँदा चाहँदै पनि केही गर्न नसक्ने अवस्थामा पुगेको छु।”

यो संवादले काठमाडौं महानगरका मेयर बालेन शाह र अख्तियार प्रमुख प्रेमकुमार राईबीच भित्रभित्रै चुलिँदै गएको अविश्वास र 'शीतयुद्ध' लाई सतहमा ल्याइदिएको छ। यसअघि कान्स फिल्म फेस्टिभल भ्रमण लगायतका विषयमा अख्तियारमा परेका उजुरी र फाइलहरूलाई लिएर यो दबाब सिर्जना गरिएको हुनसक्ने स्रोतको दाबी छ। यो घटना सार्वजनिक भएसँगै सिंहदरबार र संवैधानिक निकायबीचको शक्ति सन्तुलनलाई लिएर राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)