मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

उपराष्ट्रपतिसँग श्रीलंकाली राजदूतको शिष्टाचार भेट

nepalnews.com · Mon Jun 22 11:00:26 GMT 2026

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि श्रीलंकाली राजदूत रुवान्थी डेल्पिटियाले शिष्टाचार भेट गरेकी छन्।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा सोमबार भएको भेटमा दुई देशबीचको सम्बन्धका विविध आयामबारे संवाद भएको थियो। उपराष्ट्रपति यादवले नेपाल र श्रीलंकाबीचको सम्बन्ध मित्रता, सद्भाव, आपसी समझदारी र सहयोगमा आधारित रही सन् १९५७ जुलाईमा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि निरन्तर विस्तार हुँदै आएको उल्लेख गरे।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)