प्रधानमन्त्री वालेन्द्र शाहद्वारा सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्रको निरीक्षण
aarthiknews.com

रौतहट । प्रधानमन्त्री वालेन्द्र शाहले चितवनको सौराहास्थित खोरसोरमा रहेको हात्ती प्रजनन तथा तालिम केन्द्रको विशेष निरीक्षण गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवन आइपुगेका प्रधानमन्त्री शाह सोमबार परिवार सहित तालिम केन्द्र पुगेका हुन्।
पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री शाहको यो भ्रमण राजनीतिक व्यस्तताका बीच प्रकृति, वन्यजन्तु संरक्षण र स्थानीय पर्यटनको अवस्था बुझ्ने प्रयासका रूपमा हेरिएको छ। हात्ती प्रजनन तथा तालिम केन्द्रका प्रमुख मणिपुरण चौधरीका अनुसार प्रधानमन्त्री शाहले केन्द्रको स्थलगत वस्तुस्थितिबारे चासोपूर्वक जानकारी लिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)
बालेन शाह