राप्रपाका तीन पूर्वअध्यक्षले भने– हामी मूकदर्शक बनेर बस्न सक्दैनौँ
baahrakhari.com · Mon Jun 22 11:09:32 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन पूर्वअध्यक्षले पार्टीको महाधिवेशन समयमै नहुने आशंका व्यक्त गरेका छन् । पूर्वअध्यक्षहरू पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै तोकिएको समय र निष्पक्ष रूपमा सम्पन्न नहुने आशंका गरेका हुन् ।
सोही आशंकाका कारण पछिल्लो समय केहीले पार्टी परित्याग गरिसकेको र कतिपयमा निराशा बढिरहेको विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा भनिएको छ, “यस्तो परिस्थितिको समाधानका लागि पार्टी अध्यक्षको संयोजकत्वमा पूर्वअध्यक्षहरू समेत रहने गरी एक उच्चस्तरीय ‘स्टेरिङ कमिटी’ गठन गर्न गर्नु उपयुक्त हुनेछ भन्ने हाम्रो सुझाव हो । दुर्भाग्यवश, यस्ता रचनात्मक सुझावहरूलाई आत्मसात् गर्नुको सट्टा पार्टी निर्माण र सुदृढीकरणका लागि जीवनको महत्त्वपूर्ण समय, रगत र पसिना समर्पित गरेका पूर्वअध्यक्षहरूमाथि नै लक्षित गरी जिम्मेवार व्यक्तिहरूबाट लाञ्छना र आरोप लगाउने प्रवृत्ति देखिनु अत्यन्त दुःखद र अस्वीकार्य छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)