थामिँदै पराकम्पन, बढ्दै भूकम्प
gorkhapatraonline.com · Mon Aug 01 00:12:36 GMT 2022
काठमाडौँ, साउन १६ गते । पूर्वी तथा मध्य नेपालमा आइतबार ठूलो भूकम्पको धक्का महसुस गरिएको छ । खोटाङ केन्द्रबिन्दु भएर छ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । २०७२ सालपछि गएको यो ठूलो भूकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार आइतबार बिहान ८ः१३ बजे खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु भएर छ रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि करिब दुई वर्षअघि सोलुखुम्बु केन्द्रबिन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसयता चार रेक्टर स्केल आसपासका भूकम्प र पराकम्पन बारम्बार गइरहेका थिए । खोटाङमा गएको भूकम्पका कारण ठूलो क्षति नभएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । चारवटा पक्की घर भूकम्पको धक्काका कारण सामान्य रूपमा चर्किएको प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)