मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

बेमौसमी वर्षाले कृषिमा क्षति

gorkhapatraonline.com · Thu Oct 13 00:40:21 GMT 2022

काठमाडौँ, असोज २७ गते । असोजको दोस्रो हप्तादेखि आएको बेमौसमी वर्षाका कारण कृषिमा भएको क्षतिप्रति विभिन्न सङ्घसंस्थाले सरकारलाई ध्यानाकर्षण गराएका छन् । लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा बैमौसमी वर्षाका कारण ठूलो मात्रामा धनजनको क्षति भएको अखिल नेपाल किसान महासङ्घले जनाएको छ ।

महासङ्घका अध्यक्ष डा. प्रेम दङ्गालले बुधबार विज्ञप्ति जारी गर्दै बैमौसमी वर्षाका कारण आएको बाढीपहिरोले यस वर्ष पनि कृषिभूमि तथा कृषि तथा कृषिजन्य उत्पादनमा ठूलो परिणाममा क्षति पुगेको बताउनुभएको छ । महासङ्घका अध्यक्ष दङ्गालले बाढीपहिरो र डुबानबाट प्रभावित जनसमुदायको यथाशीघ्र उद्धार, राहत र पुनस्र्थापना गर्न सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)