यमनको द्वन्द्व र हुथीको बढ्दो प्रभाव : साउदी युवराज र अमेरिकी सैन्य प्रमुखबिच भेटवार्ता
ratopati.com · Mon Sep 14 10:28:00 GMT 2026

रियाद । साउदी युवराज मोहम्मद बिन सलमान र अमेरिकी सेन्ट्रल कमान्डका प्रमुख एडमिरल ब्राड कुपरबिच सोमबार भेटवार्ता भएको छ। साउदी सरकारी टेलिभिजनका अनुसार उनीहरूबिच पछिल्लो क्षेत्रीय घटनाक्रमबारे छलफल भएको हो।
यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबमाथि आक्रमण तीव्र पारिरहेका बेला यो भेट भएको हो। हुथीको बढ्दो प्रभाव र आक्रमणले वासिङ्टनका लागि नयाँ धर्मसङ्कट पैदा गरेको छ। अमेरिका आफ्ना साउदी मित्रहरूलाई सहयोग गर्न र समुद्री मार्गको रक्षा गर्न त चाहन्छ, तर अर्को मोर्चाको युद्धमा प्रत्यक्ष जोडिन भने हिचकिचाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)