राहदानी छपाइ ठेक्का प्रकरण : १८ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर
baahrakhari.com · Mon Jun 22 11:19:40 GMT 2026

काठमाडौं । राहदानी छपाई ठेक्का प्रकरणमा कारबाहीको माग राखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले सोमबार १८ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।
अभियोगपत्रमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिल केसी, तुलसी आचार्यसहितलाई विपक्षी बनाइएको छ । राहदानी छपाइ प्रकरणमा १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रूपैयाँ बिगो दाबी रगरिएको छ ।
उक्त प्रकरणमा १० कर्मचारी, दुई कम्पनी, चार विदेशी नागरिक र दुई जर्मन कम्पनीका नेपाली प्रतिनिधिसहितलाई सजायको मागदाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ
अख्तियार दुरुपयोग अनुसन्धान आयोग