रास्वपा सचेतक धितालको अभिव्यक्तिप्रति जेनजी सहिद परिवारले जनाए आपत्ति
annapurnapost.com · Mon Sep 14 10:22:02 GMT 2026

काठमाडौं : जेनजी सहिद परिवारहरुले जेनजी सहिद प्रथम स्मृति दिवसको कार्यक्रमप्रति रास्वपा सचेतक क्रान्तिशिखा धितालले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
जेनजी सहिद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपालले सोमबार सिंहदरबारको दक्षिण गेट बाहिर प्रदर्शनसहित पत्रकार सम्मेलन गर्दै रास्वपा सचेतक धितालले दिएको अभिव्यक्तिले जेनजीहरुको अपमान भएका बताएका छन्। सहिद परिवार र घाइतेहरूको त्याग तथा बलिदानलाई हल्का रूपमा लिएर धितालले सार्वजनिक रूपमा तल्लो स्तरको अभिव्यक्ति दिएको जिकिर गरे। उनीहरुले धितालले सार्वजनिक माफी माग्नुपर्ने माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)