विपद् पर्खिरहेको वीरेन्द्रनगर
onlinekhabar.com · Mon Sep 14 10:30:37 GMT 2026

२९ भदौ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर गत बिहीबार बेलुका एकाएक डुबानमा पर्यो । एक घण्टाभित्र परेको पानीले मुख्य बजार क्षेत्रको खजुरा, मंगलगढी हुँदै ऐरी चोकसम्म जलमग्न बन्यो ।
वीरेन्द्रनगरको मध्य मागमा रहेका खोर्के, इत्राम र नेवारे खोला उर्लिए । बेलुका ४:३० देखि ५:३० बजेसम्म परेको पानीले कर्मचारी, विद्यार्थी, शिक्षक र सर्वसाधारणको केहीबेर बिचल्ली भयो । स्कुल र कार्यालयबाट घर फर्किरहेका उनीहरूले डुबानको सामना गर्नुपर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)