नेपाल वायुसेवा निगमको निजीकरणप्रति हर्कराज राईको असहमति
hamrakura.com · Fri May 29 00:00:00 GMT 2026
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नेपाल वायुसेवा निगमको निजीकरणप्रति असहमति जनाएका छन्। शुक्रवार सङ्घीय संसद्को संयुक्त सदनमा बजेट प्रस्तुत भइरहेका बेला अध्यक्ष राई विशेष कामको कारण देखाउँदै बैठकको बीचैमा निस्किएका थिए।
सदनबाट बाहिरिएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफूले बजेट बहिष्कार नगरेको स्पष्ट पारे। प्रधानमन्त्री संसद्मा उपस्थित भएर जवाफदेही बनेका कारण आफ्नो आन्दोलनको औचित्य पूरा भएको र अहिले विशेष व्यक्तिगत कार्य व्यस्तताले गर्दा मात्र निस्कनुपरेको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)