हात्ती प्रभावित क्षेत्रमा कृषकको रोजाइ सुपारीखेती
barnanmedia.com · Mon Jun 22 11:16:43 GMT 2026

झापाको पूर्वउत्तर वनक्षेत्रसँग जोडिएका बस्तीमा जङ्गली हात्तीको समस्या नयाँ विषय होइन । बर्सेनि धान, मकै, गहुँ, तोरी, केरा, उखु र तरकारी बालीमा हात्तीले पु¥याउने क्षतिका कारण कृषक प्रभावित भएका छन् । तथापि, यही चुनौतीका बीच सुपारीखेती भने हात्ती प्रभावित क्षेत्रका कृषकका लागि भरपर्दो नगदेबालीका रूपमा स्थापित हुँदै गएको छ ।
विशेष गरी बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिका र मेचीनगर नगरपालिकाका वनसँग जोडिएका बस्तीमा सुपारीखेती विस्तार हुँदै गएको छ । अन्य बालीको तुलनामा हात्तीबाट कम क्षति हुने, वर्षौँसम्म उत्पादन दिने, कम श्रममा राम्रो आम्दानी हुने तथा अन्तरबाली प्रणाली अपनाउन सकिने भएकाले कृषकको रोजाइ सुपारीतर्फ बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)