पासपोर्ट खरिद प्रकरण : १० अर्बभन्दा बढी बिगो दाबी, महानिर्देशक अर्यालसहित १८ विरुद्ध मुद्दा
bishowkhabar.com · Mon Jun 22 11:23:25 GMT 2026

काठमाडौं– राहदानी विभागको पासपोर्ट खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक तिर्थराज अर्यालसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने प्रक्रिया अघि बढाएको छ ।
अख्तियारले सो प्रकरणमा करिब १० अर्ब १३ करोड ४ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गरेको छ ।
प्रतिवादीमध्ये १० जना सरकारी कर्मचारी, दुई कम्पनीका चार विदेशी नागरिक र नेपाली प्रतिनिधिहरू रहेका छन् ।
अख्तियारको टोली मुद्दाको फाइलसहित विशेष अदालत पुगेको छ भने अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
यसैबीच, तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई सोधपुछका लागि बोलाइएको भए पनि उनलाई प्रतिवादी बनाइएको छैन ।
पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि यस प्रकरणमा बयान लिइएको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
काठमाडौँ
नारायणकाजी श्रेष्ठ
अख्तियार दुरुपयोग अनुसन्धान आयोग