मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

nepalnews.com · Mon Jun 22 11:29:23 GMT 2026

दाङ। दाङको लमही नगरपालिकाले पछिल्लो समय गर्मी बढेपछि नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन गर्मी बिदा दिने निर्णय गरेको छ।

नगर शिक्षा समितिको निर्णयअनुसार विद्यालयहरूमा ९ देखि १२ असारसम्म बिदा दिइएको हो।

हालको उच्च तापक्रम र बढ्दो गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

लमही नगरपालिकाको शिक्षा शाखाले जारी गरेको सूचनामा वार्षिक बिदाबाट कट्टा हुने गरी गर्मी बिदा दिने निर्णय गरिएको उल्लेख छ। साथै सम्बन्धित सबै विद्यालयलाई सोहीअनुसार जानकारी गराइएको सूचनामा उल्लेख छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)