आईसीयूभित्रको अन्तर्वार्ता विवादमा प्रेस काउन्सिलले थाल्यो अध्ययन
kendrabindu.com · Mon Sep 14 10:44:39 GMT 2026

काठमाडौं । सैनिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत घाइतेसँग अन्तर्वार्ता लिइएको विषयमा प्रेस काउन्सिल नेपालले ध्यानाकर्षण भएको जनाएकाे छ। काउन्सिलले यस सम्बन्धमा पत्रकार आचारसंहिताको परिधिभित्र रहेर अध्ययन तथा अनुगमन सुरु गरेको जनाएको छ।
काउन्सिलले सोमबार विज्ञप्ति जारी गर्दै रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका व्यक्तिसँग आईसीयूमा उपचाररत अवस्थामै ‘इनसाइड द बङ्कर’ नामक युट्युब च्यानलमार्फत लिइएको अन्तर्वार्ताबारे चासो व्यक्त गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)