ठूलो दुर्घटना टर्यो, बेलायतका पूर्वप्रधानमन्त्री ओर्लिएको केहीबेरमै युक्रेन–पोल्यान्ड सीमामा रुसी ड्रोन आक्रमण !
barnanmedia.com · Mon Sep 14 10:37:03 GMT 2026

युक्रेन–पोल्यान्ड सीम नजिकैको याहोदिन क्षेत्रमा आइतबार रुसी ड्रोनले यात्रुवाहक रेलको लोकोमोटिभमा प्रहार गरेको छ। त्यसअघि सोही मार्ग हुँदै बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसन, स्विडेनका पूर्वप्रधानमन्त्री कार्ल बिल्ड्ट र युरोपेली सुरक्षा अधिकारीहरू यात्रा गरेर अघि बढिसकेका थिए। युक्रेनी रेल अपरेटरका अनुसार उनीहरू सवार कूटनीतिक रेल सुरक्षाका कारण निर्धारित समयभन्दा अगाडि नै स्टेसनबाट निकालिएको थियो।
ड्रोन प्रहार हुनुअघि प्रभावित रेलका यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएकाले कसैको ज्यान गएको वा घाइते भएको खबर छैन। पूर्व सीआईए निर्देशक डेभिड पेट्रियस पनि नजिकैको अर्को रेलमा रहेको र आक्रमणपछि निकालिएको जनाइएको छ। याहोदिन क्षेत्र पोल्यान्ड सीमाबाट केही किलोमिटर मात्रै टाढा पर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)