जेनेजी आन्दोलनका शहीद परिवार र घाइतेलाई पनि सहुलियतपूर्ण कर्जा
aarthiknews.com

काठमाडौं । जेनेजी आन्दोलनका शहीद परिवार र घाइतेले सञ्चालन गर्ने विभिन्न व्यवसायका लागि पनि सहुलियतपूर्ण कर्जा पाउने भएका छन्। सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन गर्दै शहीद परिवार र घाइतेलाई यस्तो सुविधा उपलब्ध गराउने व्यवस्था गरेको हो।
नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयको २०८३ साउन २२ गतेको निर्णयअनुसार सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधिको दोस्रो संशोधन स्वीकृत भएको जनाएको छ। संशोधित कार्यविधिअनुसार इजाजतपत्रप्राप्त ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाले तोकिएका व्यवसायका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)