मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पासपोर्ट प्रकरण : सिद्धार्थ थापा र मनिन्द्र मल्लविरुद्ध पनि भ्रष्टाचार मुद्दा

onlinekhabar.com · Mon Jun 22 11:36:51 GMT 2026

८ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का प्रकरणमा जोडिएका जर्मन कम्पनीका नेपाल प्रतिनिधि सिद्धार्थ थापा र मनिन्द्र राज मल्लविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सिद्धार्थ पासपोर्ट ठेक्का लिने जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि हुन् । कांग्रेस सांसद सुनीलबहादुर थापाका छोरा समेत हुन् । त्यस्ती मल्ल जर्मन कम्पनी म्यूलबैरका नेपाल प्रतिनिधि हुन् । मल्ललाई अख्तियारले पक्राउ गरिसकेको छ । थापा भने सम्पर्कविहीन छन् ।

अख्तियारले आजै पासपोर्ट विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । यो मुद्दामा उनीहरूको पनि नाम छ । नेपालमा राजनीतिक चलखेल गरेर ठेक्काको स्पेसिफिकेसनहरू बदल्दै ठेक्का दिलाउने काममा उनीहरूले कम्पनी प्रतिनिधिको रुपमा भूमिका खेलेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)