पशुपतिनाथमा महिला दर्शनार्थीको चाप
nepalnews.com · Mon Sep 14 10:54:26 GMT 2026

काठमाडौं। तीजका अवसरमा आराध्यदेव भगवान श्री पशुपतिनाथ मन्दिरमा १० बजेपछि भक्तजनको चाप बढेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। बिहान नौ बजेसम्म भक्तजन सीमित मात्रामा थिए। १० बजेपछि क्रमशः चाप बढेको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए।
बिहान आधा घण्टामै दर्शन गरेर फर्कन सकिने अवस्था थियो। बिहान १० बजेसम्म लाममा बसेको आधा घण्टामै दर्शन गरेर भक्तजन फर्किएका थिए। बिहान १० बजेपछि लाम बस्नुपर्ने अवस्था रहेको ललितपुर चापागाउँबाट आएकी दर्शनार्थी रञ्जिता शर्माले बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)