प्रमुख प्रशासकीय अधिकृत नहुँदा मौलापुर नगरपालिकाका कर्मचारी तलबबाट वञ्चित
ratopati.com · Mon Sep 14 10:53:45 GMT 2026

जनकपुरधाम । रौतहटको मौलापुर नगरपालिकामा बारम्बार प्रमुख प्रशासकीय अधिकृत फेरिँदा विकास निर्माणको काम प्रभावित भएकोमात्र होइन, कर्मचारीले तलब खानसमेत वञ्चित हुनु परेको छ । चालु आर्थिक वर्षको बजेट कार्यान्वयन, विकास निर्माणका योजना अघि बढाउनु पर्ने समयमै नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ ।
असार यता मौलापुर नगरपालिकामा दुई जना प्रशासकीय अधिकृत आइसके । तीमध्ये एक जना सरुवा मागेर अन्यत्र गएका छन् भने अर्काले स्वेच्छिक अवकाश लिएपछि अहिले नगरपालिका प्रशासकीय अधिकृतविहीन बन्न पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)