घुस लिने वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
ratopati.com · Mon Sep 14 10:50:13 GMT 2026

काठमाडौँ । सामुदायिक वन उपभोक्ता समितिको काठ लगत समर्थन तथा लिलाम सहमति सिफारिस पत्र दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिने डिभिजन वन कार्यालय उदयपुरका योजना शाखा प्रमुख वन अधिकृत भुवन पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले सातौँ तहका वन अधिकृत पौडेललाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)