तीजको अवसरमा प्रथम महिला सविता पौडेलद्वारा पशुपतिनाथमा पूजाअर्चना
arthadabali.com · Mon Sep 14 10:54:37 GMT 2026

काठमाडौँ / नेपाली नारीहरूको महान् एवं विशेष पर्व हरितालिका तीजको अवसरमा प्रथम महिला सविता पौडेलले पशुपतिनाथ मन्दिर पुगेर पूजाअर्चना गरेकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलकी धर्मपत्नि एवं प्रथम महिला सविताले सोमबार पशुपतिनाथ मन्दिरको मूल मन्दिरमा पुगी भगवान शिवको विधिपूर्वक पूजाअर्चना गरेकी हुन् । पूजापछि उनले मन्दिरका मूल पुजारीबाट टीका, फूल तथा प्रसाद ग्रहण गरिन् । तीजको दिन पशुपतिनाथ परिसरमा बिहानैदेखि श्रद्धालु महिला भक्तजनहरूको उल्लेख्य भीड लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)