मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामाको घोषणा

rajdhanidaily.com · Mon Jun 22 11:40:29 GMT 2026

लन्डन । बेलायतका प्रधानमन्त्री किर स्टार्मरले दुई वर्षभन्दा कम कार्यकालपछि सोमबार राजीनामाको घोषणा गरेका छन् । नीतिगत यू–टर्न तथा बढ्दो अलोकप्रियता बीच उनले लेबर पार्टीको नेताबाट राजीनामा दिने घोषणा गरेको हो । लन्डनस्थित ‘टेन डाउनिङ स्ट्रिट’ बाहिर सम्बोधन गर्दै स्टार्मरले आफूले लिएका सबै निर्णय देशको हितलाई केन्द्रमा राखेर गरिएको बताए ।

अन्तराष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार, आगामी केही साताभित्र लेबर पार्टीले नयाँ नेता चयन नगरेसम्म उनी कार्यवाहक प्रधानमन्त्रीका रूपमा पदमा रहिरहनेछन् ।

आफ्नो सरकारी निवास १० डाउनिङ स्ट्रिटबाहिर देशवासीलाई सम्बोधन गर्दै स्टार्मरले भने, ‘मैले सधैँ आफूले माया गर्ने देशलाई पहिलो प्राथमिकतामा राखेर निर्णय लिएको छु। मेरो पार्टीले आगामी चुनावमा नेतृत्व गर्न म उपयुक्त व्यक्ति हुँ कि होइन भनेर प्रश्न गरिरहेको छ, र म त्यसको जवाफ स्वीकार गर्छु ।

त्यसैले म लेबर पार्टीको नेताको रूपमा राजीनामा दिँदैछु।’ निकै भावुक देखिएका उनले अगाडि थपे, ‘जब म देशको यो सबैभन्दा ठूलो जिम्मेवारी (पद) छाड्नेछु, म मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी– एक असल श्रीमान् र बुबा बन्नमा बढी समय बिताउनेछु।’ उनले सोमबार बिहानै राजा चार्ल्सलाई भेटेर आफ्नो राजीनाका’bout जानकारी गराइसकेका छन् ।

दुई वर्षअघि मात्रै (जुलाई २०२४ मा) लेबर पार्टीलाई ऐतिहासिक चुनावी जित दिलाएर सत्तामा आएका स्टार्मरको लोकप्रियता पछिल्लो समय नराम्ररी खस्किएको थियो । अर्थतन्त्र सुधार र जीवनस्तर उकास्ने वाचाहरू पूरा गर्न नसकेको भन्दै उनको आलोचना भइरहेको थियो ।

गत साता भएको विशेष उपनिर्वाचनमा उनका आन्तरिक प्रतिद्वन्द्वी तथा ग्रेटर म्यानचेस्टरका पूर्व मेयर एन्डी बर्नहमले सानदार जित हासिल गरेपछि स्टार्मरमाथि पद छाड्ने दबाब ह्वात्तै बढेको थियो ।

सम्बन्धित समाचार

हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास

अमेरिका-इरान वार्ता आज

३१ वर्षपछि ब्युँतियो रावल आयोग

इटहरीमा कोसी प्रदेशकै ठूलो सम्मेलन केन्द्र निर्माण हुने

बाँके निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह

प्रहरी पोसाक खरिदमा अन्ततः तोडिँदै सेटिङ र ठेकेदारी प्रथा

ब्राजिललाई हाइटीले अपसेट गर्न सक्ला ?

जर्मनी र आइभरी कोस्ट शीर्ष स्थानका लागि भिड्दै

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)

सम्बन्धित विषय