एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
nagariknews.nagariknetwork.com · Mon Jun 22 11:39:49 GMT 2026

जननेता मदन भण्डारी को ७५औँ जन्मजयन्तीलाई भव्य रूपमा मनाउने उद्देश्यसहित नेकपा (एमाले) निकट २४ वटा जनसंगठनहरूको आज काठमाडौंमा भेला सम्पन्न भएको छ। भेलाले असार १४ गते देशभर विविध कार्यक्रमका साथ जन्मजयन्तीलाई व्यापक रूपमा मनाउने निर्णय गरेको छ।
जनसंगठन समन्वय संयन्त्रका संयोजक विशाल भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त भेलामा नेताहरूले यस वर्षको जन्मजयन्तीलाई रचनात्मक, वैचारिक तथा संगठनात्मक अभियानका रूपमा अघि बढाउने विषयमा छलफल भएको थियो। सहभागी प्रतिनिधिहरूले कार्यक्रमलाई सफल बनाउन सबै जनसंगठनहरूलाई सक्रिय रूपमा परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
काठमाडौँ